एसएमसी एप्लिकेसनको माध्यमबाट अनलाइन ठगी गर्ने ११ पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ पुस । नेपाल प्रहरीको साइबर ब्युरोले एसएमसी एप्लिकेसन माध्यमबाट अनलाइन स्क्यामिङ गर्ने गिरोहका ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना चिनियाँ नागरिक सहित ११ जना रहेको ब्युरोले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

उनीहरूले सामाजिक सञ्जाल र अनलाइन विज्ञापनमार्फत आकर्षक कमाइ गर्न सकिने प्रलोभन देखाउँदै एसएमसी एप डाउनलोड गराएर सर्वसाधारणबाट मोटो रकम असुली गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो समूहले ७ हजार सर्वसाधारणबाट १२ करोड ८ लाख १६ हजार ३ सय ७२ रुपैयाँ ठगी गरेको खुलेको छ ।
यद्यपि पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका-२ बाट मात्रै ६ करोड बढी ठगिएको पीडितहरूले बताएका छन् । पाँचको फालेलुङ-६ र २ सहित जिल्लाका विभिन्न स्थानीय तहबाट मात्रै ३० करोड बढी ठगिएको पीडितहरूको भनाइ छ ।
‘एसएमसी एपमार्फत सहज कमाइको प्रलोभन देखाएर सयौंलाई ठगी’ शीर्षकको समाचार इकान्तिपुरले मंसिर १६ गते प्रकाशन गरेको थियो ।
साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी एसपी दीपकराज अवस्थीले जारी गरेको विज्ञप्ति अनुसार साइबर ब्युरोमा एसएमसी एपबाट ठगिएको भन्दै २ सय ५५ वटा निवेदन परेका थिए । ती निवेदनउपर अनुसन्धान गर्दा गिरोहले एड्भरटाइजिङ सर्भिस सेन्टर प्रालि नामको कम्पनी दर्ताको झूटो कागजात खडा गरेर कार्यालय स्थापना गरी देशभरका नागरिकलाई ठगी गरेको भेटिएको विज्ञप्तिमा उल्लेख छ ।
साइबर ब्युरोका अनुसार रामेछापको रामेछाप नगरपालिका-७ घरभइ काठमाडौं बस्दै आएका २१ वर्षीय मिलन श्रेष्ठ, तनहुँ बन्दीपुर-३ घर भइ काठमाडौंको मण्डिखाटारमा बस्दै आएका १९ वर्षीय सौगात थापा, नुवाकोट किस्पाङ-४ घर भइ काठमाडौं बस्दै आएका ३३ वर्षीय वीरबहादुर तामाङ, चितवन खैरहनी नगरपालिका-६ घर भएकी २३ वर्षीया प्रिया केसी, गुल्मीको कालिगण्डकी-७ घर भएकी २२ वर्षीया मोनिका गुरुङ, धादिङ गङ्गा जमुना-३ घर भएकी २१ वर्षीया गीता गुरुङ, पर्सा वीरगन्ज-१ घर भएका ३७ वर्षीय नसिरमिया अन्सारी, वीरगन्ज-४ की ६६ वर्षीया सराया खातुन र बाराको कलैया-१ का ६७ वर्षीय रामप्रसाद कलबार पक्राउ परेका हुन् । साइबर ब्युरोले उनीहरूलाई पुस २ गतेदेखि १८ गतेसम्म विभिन्न मितिमा पक्राउ गरेको हो ।
साइबर ब्युरोका अनुसार ठगीमा संलग्न समूहले एसएमसी एपलाई अन्तर्राष्ट्रिय कम्पनीसँग सम्बन्धित रहेको, सेयर बजार तथा क्रिप्टो कारोबारबाट निश्चित नाफा दिने दाबी गर्दै सर्वसाधारणलाई लगानी गर्न प्रेरित गरेका थिए । तर, सो एप कुनै पनि आधिकारिक निकायमा दर्ता नभएको र यसको गतिविधि पूर्ण रूपमा अवैध रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा अभियुक्तहरूले रकम संकलनका लागि डिजिटल वालेट, बैंक खाता तथा क्यूआर कोड प्रयोग गरेको, साथै ‘लेभल सिस्टम’का नाममा थप सदस्य भित्र्याएबापत कमिसन दिने संरचना बनाएर आकर्षित गरेको पाइएको प्रहरी बताँउछ  ।
पक्राउ परेकाहरूविरुद्ध ठगी तथा संगठित अपराध कसुरमा मुद्दा अगाडि बढाउने तयारी गरेको छ । साथै, यस्ता अनलाइन लगानी, एप, वेब साइट वा सामाजिक सञ्जालमार्फत आउने आकर्षक नाफाका प्रस्तावमा नफस्न सर्वसाधारणलाई सचेत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...