अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध

Date:

Share post:

Changunarayan Nagarpalika

ब्रुमफिल्डसहित विदेशका तीन  सहरसँगे भगिनी सम्बन्ध

ललितपुर, २९ पुस । ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम भएको छ । अमेरिकाको कोलोराडोमा अवस्थित ब्रुमफिल्ड शहरसँग महानगरको भगिनी सम्बन्ध कायम भएको हो । भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र ब्रुमफिल्ड शहरका मेयर गाइलिन क्याट्रिओटाले हस्ताक्षर गरे । महानगरको  प्रमुखको प्रतिनिधिमण्डलमा महानगरको वडा नं.१३का वडा अध्यक्ष गणेश केसी छन् ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कला, संस्कृति र सम्पदाको सहर ललितपुर महानगरले अन्तर्राष्ट्रिय शहरसँग भगिनी सम्बन्ध गाँस्न पाउनु महत्वपूर्ण विषय भएको बताए । नगर प्रमुख महर्जनले यो सम्बन्धले महानगरको मात्रै नभई नेपालको छविलाई समेत अन्तर्राष्ट्रिय रुपमा थप उचाइ दिएको बताए । भिगिनी सम्बन्धलाई मितेरी सम्बन्धको रुपमा व्याख्या गर्दै नगरप्रमुख महर्जनले भने, ‘ अब हामी एक अर्काको नजिकको साथी भयौं, दु ःख, सुःख साटासट गर्छौै ।’ ब्रमुफिल्ड शहरले गरेका राम्रा काम आफ्नो नगरपालिको अनुकरण गर्ने बताउँदै कला, संस्कृति र सम्पदाको शहर ललितपुर महानगरबाट ब्रुमफिल्ड सहरले पनि धेरै कुरा सिक्न सक्ने उनको भनाई थियो । उनले भने, ‘हाम्रो मित्रताको चिनो स्वरुप कलात्मक मन्दिर, फल्चा हामी ब्रुमफिल्डमा निर्माण गर्न सक्छौं । ’ ब्रुमफिल्ड शहरका गाइलिन क्याट्रिओटाले सुन्दर नेपालको कला र संस्कृतिले सम्पन्न शहरसँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुशी लागेको बताइन् । ललितपुर महानगरको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाइन् ।
@ललितपुर महानगरले यस अघि अन्तर्राष्ट्रिय क्षेत्रमा कोरियाको चेओरवन, रसियाको उलान उदे शहरसँग भगिनी सम्बन्ध कायम गरिसकेको छ । यसैगरी देशभित्रका छ वटा पालिकासँग महानगरको भगिनीसम्बन्ध कायम भएको छ । सल्यानको शारदा नगरपालिका, संखुवासभाको चैन नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, गुल्मीको मालिका गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका,दोलखाको भीमेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

सामान्य बिरामीलाई आकस्मिक उपचार गराए भुक्तानी हुँदैन : स्वास्थ्य बिमा बोर्ड

काठमाडौं, १९ जेठ । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ। सोमबार...

पश्चिमी वायु कमजोर बन्दै

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका...

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...