बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण प्रदेश हो बाग्मती प्रदेश । यतिखेर यहाँको स्वास्थ्य मन्त्रालयको नेतृत्व स्वास्थ्यमन्त्री किरण थापाले गरिरहेका छन् । नेकपा (एमाले) का तर्फबाट भक्तपुर-२(ख) क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थापाले २०७९ साउन ८ गते मा बाग्मती प्रदेशको स्वास्थ्य मन्त्री पदको शपथ लिएसँगै आम जनताको स्वास्थ्यमा सुधार ल्याउने दिशामा सक्रियता देखाइरहेका छन् ।

इमान्दार र नीतिपरक सोच भएका नेता भक्तपुर क्षेत्रको विकास, सार्वजनिक सेवाको पहुँच तथा स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा उनको सक्रियता विशेष रहँदै आएको छ। प्रदेश सभाको निर्वाचनमार्फत प्रतिनिधित्व पाएसँगै उनले मन्त्रालय स्तरमा स्वास्थ्य क्षेत्र सुधार गर्ने अवसर पाएका छन् र त्यो अवसरलाई उनले  कार्यमा रूपान्तरण गर्न तत्परताका साथ अघि बढाएका छन्।

स्वास्थ्य मन्त्रालयमा थापाले चालेका नविनतम पहलकदमी:

१. विपन्न क्यान्सर रोगीलाई रु. १ लाख अनुदान: मन्त्री थापाले कार्यभार सम्हालेको दिनमै आर्थिक रूपले कमजोर वर्गका क्यान्सर पीडितहरूलाई एक लाख रुपैयाँ उपचार खर्च दिने घोषणा गर्नुभएको थियो। यसअघि सो सहयोग रकम ५०,००० मात्र थियो। यस कदमले उपचार पहुँचबाट टाढा रहेका जनतालाई राहत पुर्‍याएको छ जस्को लाभ आम मध्यमबर्ग र न्युनबर्गका जनताले लिरहेका छन ।

२. स्वास्थ्य संस्था डिजिटल दर्ता प्रणाली (HRRS) : स्वास्थ्य संस्थाहरूको अनुगमन, दर्ता, नवीकरण तथा स्तरोन्नतिको प्रक्रिया डिजिटल प्रणालीमा लैजाने कार्य मन्त्री थापाको अर्को विशेष सफलता हो। HRRS (Health Regulatory Reporting System) नामक प्रणालीमार्फत स्वास्थ्य मन्त्रालयको सेवा चुस्त, पारदर्शी र उत्तरदायी बनेको छ ।

३. अस्पताल निरीक्षण र सुधार: स्वास्थ्यमन्त्री थापाले भक्तपुर अस्पताल, हेटौंडा अस्पताल, काभ्रेको धुलिखेल अस्पताल, धादिङ अस्पताल लगायतका स्थानहरूमा आकस्मिक अनुगमन गरी अस्पतालका कार्यशैली सुधार, उपकरण अभावको व्यवस्थापन, कर्मचारी अनुशासन तथा सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्ने विषयमा ठोस निर्देशन दिएका छन् । उनले स्वास्थ्य सेवामा ‘सेवाग्राहीमैत्री दृष्टिकोण’ अपनाएका छन् ।

४. ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ राष्ट्रिय अभियान: मानसिक स्वास्थ्य, रक्तचाप, मधुमेहजस्ता गैर-संक्रामक रोगहरूको नियन्त्रणका लागि स्वास्थ्यमन्त्री थापाले “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” नामक अभियान सुरु गरेका छन् । यस अभियान अन्तर्गत जिल्ला गैर-संक्रामक रोग समन्वय समितिहरू गठन गर्दै स्वास्थ्य सचेतना फैलाउने कार्यक्रमहरू संचालन भइरहेका छन ।

५. सामुदायिक सरसफाइ र ट्रमा सेन्टर योजना : स्वास्थ्य केवल औषधि र अस्पतालको विषय मात्र नभई सफा वातावरण, सडक सुरक्षाजस्ता विषयसँग पनि गाँसिएको हुन्छ भन्ने मान्यताका साथ मन्त्री थापा “Two Hours for the Nation” अभियानमा स्वयं सहभागी भएका छन् भने, उनले अरनिको राजमार्ग क्षेत्रको सरसफाइ अभियानमा झाडु बोकेर सहभागिता जनाइरहेका छन् । जसले नेतृत्वको आत्मीयता झल्काउँछ। साथसाथै उनले सूर्यविनायक अस्पताललाई ट्रमा सेन्टरमा स्तरोन्नति गर्ने योजना अगाडि सारेका छन् ।

नीतिगत सुधार र समन्वय
स्वास्थ्यमन्त्री थापाले प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नीतिगत रूपमा “स्वास्थ्य नीति अद्यावधिक”, “मानव संसाधन पुनर्संरचना”, “स्थानिय तह समन्वय”, “वित्तीय पारदर्शिता” जस्ता विषयमा योजनाबद्ध पहल गरेका छन्। त्यसैले जनताको स्वास्थ्यसेवामा हरतरहले सुधार ल्याउने मात्र नभएर सकभर रोग नै लाग्न नदिने अभियानमा उहा दत्तचित्त भएर लाग्नु भएको छ जस्को जति प्रशंसा गरेपनि कम नै हुन्छ । मन्त्री थापाले स्वास्थ्य सेवा सुधारको यात्रामा नीतिगत रूपान्तरण, जनउत्तरदायिता र सामुदायिक सहभागितालाई आफ्नो मूल मन्त्र बनाउनु भएको छ उनले नेतृत्वमा रहेसम्म बाग्मती प्रदेशको स्वास्थ्य सेवा पूर्वाधार, सेवा प्रवाह र जनविश्वासको स्तर उल्लेख्य रूपमा सुधार हुने आशा गरिएको छ त्यसैले उनलाई जनस्तरबाट पनि सहयोग र साथको खाँचो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

सामान्य बिरामीलाई आकस्मिक उपचार गराए भुक्तानी हुँदैन : स्वास्थ्य बिमा बोर्ड

काठमाडौं, १९ जेठ । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ। सोमबार...

पश्चिमी वायु कमजोर बन्दै

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका...

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...