हेरिटेज नेपाल न्यूज

निर्माण सामाग्री चोरी गर्ने गिरोह पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २५ पुस । प्रहरीले निर्माण सामग्री चोरी गर्ने गिरोह पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक, दुधौली नगरपालिका- २ घरभइ काठमाडौं चावहिल बस्ने ३२ वर्षीय दल बहादुर तामाङ, सिन्धुली, तिनपाटन गाउँपालिका-५ घरभइ काठमाडौँ तारकेश्वर नगरपालिका-१ बस्ने ३० वर्षीय रबिन्द्र लामा, ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-७ घरभइ तारकेश्वर नगरपालिका-७ फुटुङ बस्ने गाडी चालक ४६ वर्षीय फत्त बहादुर बिश्वकर्मा र सिन्धुली तिनपाटन गाउँपालिका-९ घरभइ काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ३२ वर्षीय नेत्र भन्ने पदम तामाङ छन् ।

यही पुस १८ गते बिहान काठमाडौं तारकेश्वर नगरपालिका-६ पदमशाल स्थित एक घरको बाहिर कम्पाउन्डमा राखेको हेभी टेका थान २६५, फलामको च्यानल पाइप थान ५०, फलामको प्लाईउड, दलिन, बाला, बिम लगायत अन्दाजी नौ लाख रुपैयाँ बराबरको निर्माणसँग सम्बन्धित सामग्रीहरू चोरी भएको थियो । सोही सूचनाको आधारमा उक्त चोरीमा संलग्न मानिसहरू तथा सवारी साधनको पहिचान तथा खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । पक्राउ परेकाहरूको  काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको उनले बताए । साथै, प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले अन्य विभिन्न स्थानबाट समेत टेका लगायतका निर्माण सामग्रीहरू चोरी गरेको समेत खुल्न आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...