हेरिटेज नेपाल न्यूज

लोकन्थलीमा ट्यांकरले ठक्कर दिदाँ  श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १५ पुस । ट्यांकरले ठक्कर दिदाँ लोकन्थलीमा श्रीमतीको मृत्यु भएकाे छ भने  श्रीमान् गम्भिर घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीमा मङ्गलबार बिहानै ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लोकन्थली चोकमा मङ्गलबार बिहान सवा नौ बजे काठमाडौंबाट भक्तपुरतर्फ आउदै गरेको ना. ७ ख. ९२६६ नं.को डिजेल बोकेको ट्याङकरले भक्तपुर तर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दार्चुला नौगाड गाउँपालिका-१ घरभई किर्तिपुर बस्दै आएका ३४ वर्षीय करण सिंह घाइते छन् । घाइते बडालको कौशल्टारस्थित भक्तपुर ईन्टरनेशनल अस्पताल पठाईएकामा चिकित्सकले मृत्यु घाेषणा गरेको हो । घाइते सिंहको सोही अस्पतालमा उपचार भईरहेको प्रहरी वृत्त थिमि प्रमुख डीएसपी नवराज ढुङ्गानाले जानकारी दिए ।
प्रहरीले दुवै सवारी साधन र ट्याङकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अम्लेखगंज बस्ने २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...