लागुऔषध सेवन गरी सवारी चलाउने ३ पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २९ कार्तिक । लागु औषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा ट्राफिक प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट शुक्रबार तीन जनालाई नियन्त्रणा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
पक्राउ पर्नेहरूमा बा २ ख २८११ नम्बरको गाडी चालक सिन्धुलीका आशिष नेपाली, बा ५ ख ८९२० नम्बरको मिनिट्रक चालक रामेछापका श्रीकृष्ण खत्री र बा १९ च १३५५ नम्बरको पिकअफ गाडीका चालक सिन्धुपाल्चोकका रामहरि शिलवाल छन् । उनीहरूमाथि अनुसन्धान गर्न सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको एसपी सुवेदीले बताए। ‘यात्रु बोक्ने सवारीसाधनकै चालकले लागुऔषध सेवन गर्नु गम्भीर विषय हो। यसरी सवारीसाधन नचलाउन अनुरोध छ। यसरी लागुऔषध वा मापसे गरी सवारी चलाए ट्राफिक प्रहरीलाई सम्पर्क गर्न अनुरोध छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...