कुमारी घरको छानो जीर्णोद्धार गर्ने, लागत इष्टमेट १ करोड २५ लाख

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २८ कार्तिक । काठमाडौं महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ।
कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न बिहीबार  कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीहरूका बीच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो।
कुमारीघर जीर्णोद्धारको प्राविधिक, सामाजिक तथा अन्य पक्षका विषयमा सरोकारवालाबाट प्रतिक्रिया लिएपछि उपप्रमुख डङ्गोलले, मौसम प्रतिकूलता हुनुअघि कुमारीघरको छानो जीर्णोद्धार गरिसक्नुपर्नेमा जोड दिँदै जीर्णोद्धारको प्रक्रिया तत्काल अगाडि बढाउन हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई निर्देशन दिएकी छन्। बर्खायाममा कुमारीघरको छानो चुहिने भएपछि जीर्णोद्धारको अध्ययन गर्न गत साउन २० गते समिति गठन भएको थियो।

समितिको संयोजकमा पुरातत्व विभागका पुरातत्वविज्ञ पुरुषोत्तम डङ्गोल थिए। सदस्यहरूमा विभागका इञ्जिनियर रोशन डङ्गोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इञ्जिनियर भीमप्रसाद अधिकारी र कामपाको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्य थिए।
अध्ययन समितिले दिएको प्रतिवेदन अनुसार कुमारीघरका नामले चिनिने कुमारीवहालको तीनै तलाको पर्खालमा चिरा परेको छ। केही धाम र मेथहरूले ठाउँ छोड्ने अवस्था छ। कतिपय दलिन कीराले खाएर स–साना प्वाल पारेको छ। ठाउँठाउँका काठ मक्किएको अवस्था छ। दोस्रो तलामा सिसाले छोपेर राखिएको भित्तेचित्र जोगाउनुपर्ने अवस्थामा छ। धामबाहेक अधिकांश काठका अवयव अग्राखका नभई कुकाठ प्रयोग भएकाले तत्काल जीर्णोद्धार गर्नुपर्ने देखिएको छ। बैठकमा समितिका सदस्य आर्किटेक्ट अमित बज्राचार्यले जानकारी दिए।
बज्राचार्यका अनुसार झिङ्गटी छानो चारैतिर ठाउँठाउँमा धसिएको छ। धुरी चाङ फुटेर खसेको छ, आइरन बेल्ट खुस्केका छन्। कहीँ त आइरन बेल्ट नै छैन। मुठलहरू खुस्केका छन्। झिङ्गटीहरू खुस्केका छन्। टुँडाल झरेका र मक्किएका छन्। नस नभएको वा भए पनि मक्किएका छन्। अधिकांश मुसीहरू फेर्नुपर्ने अवस्थाका छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,२७ कात्तिक । तिहारपछि खुलेको नेपाली बजारमा शुक्रबार (कात्तिक २७) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार छापावाल...

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

काठमाडौं, २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्। संविधानको धारा १२९ को...

भीमफेदी दुर्घटनाका मृतकको शव हेटौंडा अस्पतालमै

मकवानपुर, २७ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार भएको ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाको शव अझै हेटौंडा...

भीमफेदी दुर्घटना अध्ययन गर्न समिति गठन

मकवानपुर, २६ कात्तिक । भीमफेदीमा गाउँपालिका- ६ चिसापानीगढीमा भएको सवारी दुर्घटनाको कारण अध्ययन गरी भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका...