हेरिटेज नेपाल न्यूज

लागुऔषध सेवन गरी सवारी चलाउने ३ पक्राउ

Date:

Share post:

काठमाडौं, २९ कार्तिक । लागु औषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा ट्राफिक प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट शुक्रबार तीन जनालाई नियन्त्रणा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
पक्राउ पर्नेहरूमा बा २ ख २८११ नम्बरको गाडी चालक सिन्धुलीका आशिष नेपाली, बा ५ ख ८९२० नम्बरको मिनिट्रक चालक रामेछापका श्रीकृष्ण खत्री र बा १९ च १३५५ नम्बरको पिकअफ गाडीका चालक सिन्धुपाल्चोकका रामहरि शिलवाल छन् । उनीहरूमाथि अनुसन्धान गर्न सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको एसपी सुवेदीले बताए। ‘यात्रु बोक्ने सवारीसाधनकै चालकले लागुऔषध सेवन गर्नु गम्भीर विषय हो। यसरी सवारीसाधन नचलाउन अनुरोध छ। यसरी लागुऔषध वा मापसे गरी सवारी चलाए ट्राफिक प्रहरीलाई सम्पर्क गर्न अनुरोध छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...