यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर , २३ असोज । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको बैठकले तलेजुका पुजारी र ज्योतिषविद्हरूको सल्लाह अनुसार तिहारको कार्यक्रम तालिका तय गरेको हो।

बैठकमा उपस्थित तलेजुका पुजारीहरू र ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ तथा केदारप्रसाद दैवज्ञ जोशीका अनुसार २०८२ साल कार्तिक २ गते आइतबार काग तिहार, कार्तिक ३ गते सोमबार विहान कुकुर तिहार र दिउँसो ३ः०० बजेपछि औंशी तिथि लाग्ने भएकाले साँझ लक्ष्मी पूजा गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, कार्तिक ४ गते मंगलबार दिउँसो ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हा पूजा, र कार्तिक ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि लाग्ने भएकाले किजा पूजा (भाइ टीका) मनाइने निर्णय भएको छ।

बैठकमा नगर उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा सदस्य कृष्णप्यारी जधारी, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशी र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...