गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको नक्कली छानबिन आयोग अस्वीकार्य: ओली

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २३ असोज । नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा बनाएकोे नक्कली छानविन आयोग अस्विकार्य रहेको बताएका छन । नेकपा एमाले  जिल्ला कमितिले भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्व न्यायधीश गौरिबहादुर कार्की नेतृत्वको छानविन आयोग अस्विकार्य रहेको बताएका हुन् ।पूर्व प्रधानन्यायधीश लगाएतको नियत माथि नै शंका भएको भन्दै आफूलाई थुन्नु पर्छ भन्नेहरुलाई राखेर बनाएको आयोग निष्पक्षतामा प्रश्न गरेका छन ।

अध्यक्ष ओलीले देशलाई सहि बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसदलाई पुर्नस्थापना गर्ने मागलाई नै अगाडी राखेका अगाडी बढ्नुको विकल्प नरहेको समेत बताए ।  नेकपा एमाले संगै नेपाली कांग्रेस र अरु पार्टी पनि यहि बाटो बाट अगाडी बढ्ने विश्वासहेको उनको भनाई थियो ।  असंवैधानीक र अलोकतान्त्रिक कृयाकलापहरु स्विकारेर मान्यता दियो भने देश बर्वादीमा फस्ने उनको तर्क थियो । समयमा दृदतापुर्वक कदम चालिएन भने पछि ढिला भयो भनेर पछुताउन पर्ने अध्यक्ष ओलीको भनाई थियो । कति पएले फागुन २१ ग्ते निर्वाचन भएन भने संसद पुर्नस्थापनको मागलाई उठाउन भनिरहेको भन्दै संसद विघटन असंवैधानीक , गौरकानुनी र अलोकतान्त्रिक र देशको हित विपरित भएको भन्दै फागुन १ गते सम्म पनि कुन नसकिने उनको भनाई थियो ।

संसद पुर्नस्थापना गर्न आन्दोलनको आधिवेरी लिएर अगाडी बढ्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । कुनै पनि हालतमा संविधान मासिन र सविधान माथि थिचोमिचो गर्न नदिने उनको भनाई थियो  । जेन्जी युवाहरुले उठाएका भ्रष्टाचार विरोधी र सुशासनको अभियान साझा एजेन्डा भएको भन्दै यो अभियानमा सधै साथ रहेको अध्यक्ष ओलीको दावी थियो ।  भदौ २३ गतेको गोली कान्ड भदौ २४ गतेको लुटपाट र आगजनी गर्न रचेको षडयन्त्र मात्रै भएको  उनले बताए ।समाजिक संजालको विषयमा उनले नेपालमा दर्ता गर्न पर्छ भन्दा अराजक तत्वको उक्साहतमा नेपालमा स्वाभिमान नभएकाहरुले उचालेर भाँडेर सामाजिक संजाल नेपालमा दर्ता नभएको समेत दवी अध्यक्ष ओलीले गरेका छन । त्यसैलाइ माध्यमा बनाएर आन्दोलन गरिएको भनाई अध्यक्ष ओलीको थियो ।
देशलाई एकताको खाँचो रहेको वेला बर्तमान सरकार अनेकता, भाँडभैलो पक्षमा रहेको बताए । देशलाई जोगाउनलाई लोकतन्त्रका पक्षहरु एक ठाउँमा उभिनुपर्ने समेत उनले बताए  । यतिवले राष्ट्रिय सहमति चाहिएको भन्दै देशलाई संविधानीक र लोकतान्त्रि विधि आउन तयार अहिलेको सरकारपनि तयार हुनुपर्ने अध्यक्ष ओलीले बताए ।
हा हु बाट बनेको सरकारले आफनो पासपोट रोक्का गर्ने र उपत्यका छोड्न नहुने  पानी ढलको सिमाना दिएर सडक तमासा गरेको भन्दै शुशिला कार्की डरले केपी ओली नभाग्ने र नडराउने बताए ।
उनले अहिलेको गृहमन्त्रीलाई आफुले नाम नै नसुनेको  भन्दै गृह मन्त्री बनेपछिमात्रै नाम थाहा  पाएको बताउदै गृहमन्त्रीलाई धेरै नटाउलिन, नचिम्किन र समालिन सल्लाह दिन चाहेको बताए ।  राजनिति ख्यालथता नभएको भन्दै यस कुरा लाई बुझेर चलाउन सुझाव दिन चाहेको बताए । आगजनी र तोडफोडमा संलग्नलाई कारवाही अहिलेको सरकार कारवाही नगरे पछि बन्ने सरकारले नछोड्ने उनले बताए ।
उनले देशमाको सार्वभौमसत्ता र भौगोलिक क्षेत्र र देशको हित माथि हमला भएको भन्दै यो देशको  आर्थतन्त्र वलियो होला भने र कसैलाई चिन्ता भएको हमलाई भइरहेको उनको आरोप थियो । त्यस षडयन्त्रका मतियार बनेर आउनेहरुको समाना गर्न आफु तयार रहेको समेत उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...