रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारको भएको खुल्न आएको छ ।
गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ हर्शचोक बस्ने २४ वर्षीया संस्कृति श्रेष्ठ, २० वर्षीय कृष्ण भन्ने चितलाल श्रेष्ठ र २६ वर्षीया सुनिता श्रेष्ठ रहेका छन् ।
उनीहरू शुक्रबार बिहान १६ जनाको समूहसहित रोटरी क्लबको टोलीमा लाङटाङ गएका थिए ।
चार वर्षदेखि दुबईमा काम गर्दै आएकी सुनिता एक साताअघि मात्रै नेपाल फर्किएकी थिइन् । उनले आफ्ना भाइ र बहिनीलाई घुमाउन लाङटाङ लगेकै क्रममा सो घटना भएको हो । पहिलोपटक सनिता बगिन र उनलाई बचाउन खोज्दा संस्कृति र त्यसपछि भाइ कृष्ण समेत बगाएका जनाएका छन् ।
तीन सन्तान हराएपछि पिता कृष्णबहादुर श्रेष्ठ र आमा सरिता श्रेष्ठ गहिरो शोकमा छन् । श्रेष्ठ दम्पतीका पाँच छोरी र एक छोरा छन् । अहिले हर्षचोक पूरै शोकमग्न बनेको छ ।
उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए ।
बेपत्ताहरुको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...