हेरिटेज नेपाल न्यूज

यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर , २३ असोज । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको बैठकले तलेजुका पुजारी र ज्योतिषविद्हरूको सल्लाह अनुसार तिहारको कार्यक्रम तालिका तय गरेको हो।

बैठकमा उपस्थित तलेजुका पुजारीहरू र ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ तथा केदारप्रसाद दैवज्ञ जोशीका अनुसार २०८२ साल कार्तिक २ गते आइतबार काग तिहार, कार्तिक ३ गते सोमबार विहान कुकुर तिहार र दिउँसो ३ः०० बजेपछि औंशी तिथि लाग्ने भएकाले साँझ लक्ष्मी पूजा गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, कार्तिक ४ गते मंगलबार दिउँसो ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हा पूजा, र कार्तिक ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि लाग्ने भएकाले किजा पूजा (भाइ टीका) मनाइने निर्णय भएको छ।

बैठकमा नगर उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा सदस्य कृष्णप्यारी जधारी, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशी र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...