भक्तपुरको बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक एकतर्फी ‘वान वे’ गर्ने तयारी

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २१ साउन । भक्तपुर नगरपालिका वडा नं. ३ बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँसम्म एकतर्फी सवारीसाधन सञ्चालनसम्बन्धी बुधबार  सरोकारवालाहरूको बैठक बसेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको उक्त बैठकमा नगरको भित्री सडकमा बढेको सवारी चापले आवगमनमा समस्या उत्पन्न भएकोले सवारी साधन वान वे गर्ने विषयमा छलफल भयो ।

बैठकमा नगर प्रमुख प्रजापतिले यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक देखिएका सडकहरुमा एकतर्फी सवारीसाधन सञ्चालन गर्ने तयारी गरिरहेको बताए । उपप्रमुख रजनी जोशीले भक्तपुर सांस्कृतिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण सहर भएकोले पनि ब्यस्त सडकहरुमा एकतर्फी गर्दै जानुपर्ने आवश्यकता औंल्याइन् । बैठकले भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय, नगर प्रहरी, वडा निरीक्षक र श्यानिटेशन शाखाका प्रतिनिधि सम्मिलित सात सदस्यीय अध्ययन टोली गठन गरी १५ दिनभित्र अध्ययन गरी रिपोर्ट तयार गरी प्रस्तुत गर्ने निर्णय गरियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...