बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाको पुनः पदभार ग्रहण

Date:

Share post:

Suryabinayak Nagarpalika

पदभारसँगै गरे स्वास्थ्य क्षेत्रको रुपान्तरणको तीन निर्णय

काठमाडौं, २० साउन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पुनः पदभार ग्रहण गरेका छन् । मंगलबार स्वास्थ्यमन्त्री थापाले पुनःपदभारसँगै डिजिटल स्वास्थ्य क्षेत्रमा रूपान्तरणका लागि तीन महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्री थापाले अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस)मार्फत यी निर्णय गरेका हुन्।

निर्णयअनुसार प्रदेशमा विद्युतीय स्वास्थ्य आपत्कालीन प्रतिकार्य प्रणाली विकास गरिनेछ। यसले स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन मद्दत गर्ने मन्त्रालयले जनाएको छ। मन्त्री थापाले यस प्रणालीले अस्पताल सेवामा सुधार ल्याउने र स्वास्थ्य सेवा प्रवाहलाई तीव्र बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी, स्वास्थ्य मन्त्रालय र मातहतका निकायका सवारीसाधनमा जिपिएस प्रणाली जडान गरी व्यवस्थापन र समन्वय सुदृढ गर्ने निर्णय भएको छ। साथै, प्रदेशभरका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) प्रणाली लागू गर्ने निर्णय पनि गरिएको छ।

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले यी निर्णयलाई बागमती प्रदेशको डिजिटल स्वास्थ्य क्षेत्रमा रूपान्तरणतर्फको महत्त्वपूर्ण कदम भएको बताइन्।
यसअघि २०८१ साउन ९ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थापा पुनः नवगठित इन्द्रबहादुर बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...