बागमतीका मेयर भरत थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ साउन । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले थापालाई दोषी ठहर गरेको हो । विशेष अदालतले नदीजन्य पदार्थ हानिनोक्सानी गरी भ्रष्टाचार गरको मुद्दामा थापासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, इन्जिनियर सागर पौडेल चौधरीलाई दोषी ठहर गरेको छ ।

मेयर थापा, विमलकुमार पोखरेल र सागर पौडेलले बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित बिगो ३० करोड २९ लाख ३४ हजार ८९७ को नदीजन्य पदार्थ हानिनोक्सानी गरेको देखिएको पनि फैसलामा उल्लेख छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको ठहर गरिएको छ ।

कसुरबापत हुने सजायको हकमा सजाय निर्धारण प्रयोजनार्थ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ बमोजिम सुनुवाइका लागि भदौ २९ मा पेस गर्न आदेश भएको छ । विशेषले उपमेयर लीलाकुमारी मोक्तान, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीलाई सफाइ दिएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अकुतमा पनि थापा दोषी ठहर
मेयर थापा गैरकानुनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । उनलाई एक वर्ष कैद र त्यति नै जरिवाना हुने ठहर अदालतले गरेको छ सो सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति जफत हुने पनि अदालतले आदेश दिएको छ ।

विशेषले थापाको सम्पूर्ण आय र व्यय मूल्यांकन गर्दा उनको आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ ९१ पैसा रहेकामा व्यय १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ १४ पैसा रहेको देखिएको फैसलामा उल्लेख छ । मेयर थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसाबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको प्रमाणित भएको फैसलामा उल्लेख छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...