हेरिटेज नेपाल न्यूज

भक्तपुर अस्पतालमा ५ सहित प्रादेशिक अस्पतालहरुमा १६ वटा डायलासिस मेशिन जडान

Date:

Share post:

भक्तपुर, २५ असार । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पताललगायत प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलोसिस मेशिन जडान गरेको छ । मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेर एक पटकको २ हजार ५ सय रूपैयाँ तिरेर निजी अस्पतालमा धाउनु पर्ने बाध्यता कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलोसिस मेशिन जडान गरेको बागमती  प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए ।

मन्त्रालयले भक्तपुर अस्पतालमा पाँच वटा डायलासिस मेशिन ल्याएर जडान गरेको छ । मन्त्रालयले धादिङ अस्पतालमा २ वटा, सिन्धुली अस्पतालमा २ वटा, त्रिशुली अस्पतालमा २ वटा, बकुलहर रत्ननगर अस्पतालमा २ वटा र हेटौडा अस्पतालमा ३ वटा गरि १६ वटा डायलोसिसि मेशिन जडान गरिएको मन्त्री थापाले जानकारी दिए । डायलासिस मेशिन जडानसंगै अस्पतालले मिर्गौलाका बिरामीलाई सेवा प्रवाह गर्ने र बिरामीले आफ्नै नजिकको अस्पतालमा सेवा प्राप्त गर्न सक्ने बताउँदै मन्त्री थापाले प्रादेशिक अस्पताहरुमा उपकरणहरु थप गर्दै लैजाने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...