हेरिटेज नेपाल न्यूज

१२१ वर्षपछि भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा संचालन

Date:

Share post:

भक्तपुर, ५ जेठ । स्थापनाको १२१ वर्षपछि भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा संचालनमा आएको छ । सिटी स्क्यान सेवा सुरु भएको अवसरमा आयोजित एक विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आइतबार१२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन गरेका छन् ।

सिटी स्क्यानको उद्घाटन गर्दै मन्त्री थापाले भक्तपुर अस्पताल देशकै पुरानो र सम्भावनायुक्त अस्पताल भएको तर विगतमा उपेक्षित भएपनि अहिले भने हामीले आधुनिक सेवा विस्तारको दिशामा ऐतिहासिक कदम चालेको बताएका छन् । “अब भक्तपुरमै अत्याधुनिक सिटी स्क्यान सेवा उपलब्ध छ। यो आम नागरिकका लागि ठूलो राहत हो”, मन्त्री थापाले भने ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेठले भक्तपुरमा स्वास्थय क्षेत्रलाई माया गर्ने सबै राजनीतिक दलहरु भएकाले भक्तपुर स्वास्थ्य क्षेत्रको हव बनाउन लाग्नु पर्ने बताए । उनले सचिव मन्त्री सबै भक्तपुरकै भएकाले पनि यो अवसर नचुकाउन आग्रह गरे । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतम, प्रदेशसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता, अस्पतालका चिकित्सक तथा कर्मचारीहरू र भक्तपुर नगरपालिकाको सरकारत्मक भूमिकाले अस्पताल सबल र सक्षम बन्दै गएको बताएका छन् ।

बागमती प्रदेश पूर्वमुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले आफू जन्मीएको अस्पताल भएकाले पनि यसको विकासमा सदैव साथ दिने भन्दै आफ्नो साल नालको सम्बन्ध यही अस्पतालमा रहेको चर्चा गरे । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ वडा अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका सदस्य रविन्द्र ज्याख्वले जनताको सेवा गर्ने थलो राम्रो हुनुपर्ने बताउँदै विगतमा भक्तपुर अस्पताल कस्तो थियो भन्ने कुरा स्मरण गरे । भक्तपुर नगरपालिकाले पनि सकारात्क भूमिका खेलेको बताउँदै वडाध्यक्ष ज्याख्वले भक्तपुर अस्पताललाई राम्रो बनाउन नगरपालिका सकारात्मक रहेको प्रतिक्रिया दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले सेवा सुरु भएपछि भक्तपुरका बिरामीहरूलाई सुविधा पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “अब सिटी स्क्यानका लागि बिरामीले राजधानी धाउनु पर्ने छैन। यही अस्पतालमा सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध हुनेछ।” भक्तपुर अस्पतालमा सुरु भएको यो सेवा स्वास्थ्य सेवा विस्तार र पहुँच सुधारतर्फको ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...