हेरिटेज नेपाल न्यूज

दिल्लीहुँदै खाडी मुलुक पठाउन लागिएको ४० महिलाको उद्वार

Date:

Share post:

काठमाडौं, २२ साउन । दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका ४० जना महिलाहरूको उद्धार गरिएको छ । उनीहरू सबैलाई घरेलु कामदारका रूपमा खाडीका विभिन्न देश पठाउने तयारी थियो । दिल्लीस्थित नेपाली दूतावासले भारतीय प्रहरीको सहयोग लिएर महिपालपुरको विभिन्न होटलबाट उनीहरूको उद्धार गरेको छ ।

खाडीका देशहरूमा घरेलु कामदार भएर जान नेपाल सरकारले महिलालाई रोक लगाएको छ । खाडी पठाउन लागिएको सूचना पाएर नेपाली महिलाहरूको उद्धार गरिएको दूतावासका कन्सुलर नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लले बताए । दिल्ली प्रहरी र सामाजिक संस्था किन इन्डियाको सहयोग लिएर उनीहरूलाई उद्धार गरेर दूतावासले बिहीबार स्थलमार्ग हुँदै नेपाल पठाइसकेको छ ।

खाडी मुलुकमा घरेलु कामदारको माग छ । त्यहाँ पुगेका महिला घरेलु कामदारहरू विभिन्न खाले शोषणमा पर्न थालेपछि नेपाल सरकारले रोक लगाएको छ । तर, आकर्षक आम्दानी हुने प्रलोभनमा पारेर दलालहरूले नेपाली महिलालाई त्यता पठाउँछन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जानलाई समस्या हुने भएपछि दलालहरूले भारतका विभिन्न विमानस्थलबाट नेपाली महिलाहरूलाई खाडीका देशहरू पठाउँछन् । खाडीमा कामदारको माग र नेपालमा रोजगारीको अभावका बीच दलालहरूले त्यसरी महिलाहरूलाई पठाउँदै आएका छन् ।

किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार उद्धार गरिएका ४० जनालाई कुबेत, ओमन, दुबई र साउदी अरेबिया पठाउन लागिएको थियो । पठाउने तयारीमा रहेका बेला उद्धार गरिएको उनले बताए । उद्धार गरिएका सबैलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याउन लागिएको उनले जानकारी दिएका छन् ।

दूतावासले समन्वय गरेर महिपालपुरका होटलहरूबाट ६३ जना महिलालाई निकालेको थियो । त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारी रहेकाले उनीहरूलाई छाडिएको हो । अन्य ४० जनामध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जना साउदी अरब पठाउन लागिएको एसएसपी मल्लले बताए । उनीहरू नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दिल्ली पुर्‍याइएका हुन् । दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका ४७ जना महिलाहरूलाई साउनको दोस्रो साता उद्धार गरी नेपाल ल्याइएको थियो । भिसिट भिसामा कुवेत जान लागेका महिलाहरूको कागजात नक्कली पाइएपछि दिल्ली विमानस्थल अध्यागमनले रोकेको थियो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...