हेरिटेज नेपाल न्यूज

चक्रे मिलनसहित ४७ जना प्रहरी नियन्त्रणमा

Date:

Share post:

काठमाडौं, १६ साउन । ठमेल र महाराजगन्ज लगायत क्षेत्रमा गुण्डागर्दीमा संलग्नको आरोपमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले चक्रे मिलन सहित ४७ जनालाई नियन्त्रणमा लिएको छ । व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्यालयले ठमेल र महाराजगंज क्षेत्रमा संयुक्त रूपमा अपरेसन चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

केही दिनअघि एक होटलमा चक्रे मिलनको बर्थडे मनाइरहेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र विभिन्न युनिटहरूमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको आपराधिक पृष्ठभूमि, पछिल्लो समय भएका आपराधिक गतिविधि र त्यसमा संलग्नताबारे अनुसन्धान थालेकाे  कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...