बागमती प्रदेश पूर्णखोप घोषणा

Date:

Share post:

Suryabinayak Nagarpalika

बागमती डिजिटल हेल्थ शुभारम्भ

भक्तपुर, १६ साउन । बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथिथ्यतामा प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा भक्तपुरमा आयोजित विशेष कार्यक्रममा पूर्ण खोप प्रदेश घोषणा गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो । बागमती प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको समेत उद्घाटन गरेका छन् ।

ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताए । नेपालमा मानिसका साथै पशुपन्छी र वनस्पति पनि निरोगी हुन् तथा सहर र गाउँ सफा रहुन् भन्ने सोचका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । ‘रोग लाग्न सक्छ तर हामीले रोगका कारण र बाटाहरूलाई बन्द गर्ने प्रयास गर्नुपर्छ । त्यसको एउटा उपाय खोप हो । यो अभियान सफल हुँदै गएकामा म खुसी व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भने, ‘हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ । उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ । आगामी २०८३ मा हामी विकासशील मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसका लागि पनि यो अभियान महत्वपूर्ण साबित भएको छ । अरु प्रदेशमा यस्ता अभियान सञ्चालनमा हामीले प्रेरित गर्नुपर्नेछ ।’
प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान गरेका छन्।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले आफ्नो एक वर्ष कार्यकालमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको बताएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतमले कार्यक्रमको स्वागत गर्दै प्रादेशिक १३ वटै जिल्ला अस्पतालहरूमा गरिएको ल्यापटेस्टको रिपोर्ट क्युआर प्रविधिबाट सेवाग्राहीले पाउने व्यवस्थाको सुरुवात भएको बताइन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...