काठमाडौंमा एक पुरूषको हत्या आरोपमा ५ जना पक्राउ

Date:

Share post:

काठमाडौं, ५ जेठ । काठमाडौंमा एक जना पुरूषको हत्या गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार वैशाख ३१ गते एक किराना पसलमा बसिरहँदा एक समूहले राईलाई गम्भीर घाइते बनाएर फरार भएको थियो। राईको उपचारको क्रममा मृत्यु भएको थियो। उनको मृत्यु भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप घर भई गोकर्णेश्वर बस्ने २९ वर्षीय प्रविण तामाङ, सर्लाही बस्ने २३ वर्षीय समिर वाइबा तामाङ, २६ वर्षीय अभिसेक वाइबा तामाङ, सिन्धुपाल्चोकका २९ वर्षीय दिपेन्द्र भुजेल रकाभ्रेका २८ पर्षीय अनुराज तामाङ छन्। उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

४० केजी गाँजा सहित ५ पक्राउ

काठमाडौं, २७ असार । काठमाडौंको कोटेश्वरबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन्। बिहीबार कोटेश्वरको पाल्पाकोटमा रहेको...

सूर्यविनायक नगर अस्पताल ५० शय्या विस्तार

भक्तपुर, २७ असार ।  सूर्यविनायक नगरपालिका–८ जगातीचोकमा सञ्चालित सूर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ५० शय्यामा...

भक्तपुर अस्पतालमा ५ सहित प्रादेशिक अस्पतालहरुमा १६ वटा डायलासिस मेशिन जडान

भक्तपुर, २५ असार । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पताललगायत प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलोसिस मेशिन...

लागूपदार्थ दुर्व्यसन न्यूनीकरणमा मन्त्रालय प्रयत्नरत छ : मन्त्री थापा

काठमाडौं, २० असार । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा मन्त्रालय प्रयत्नरत रहेको बताएका छन्...