नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक व्यवस्था गर्न गठित ११ सदस्यीय परीक्षा पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको छ । भक्तपुर नगरपालिका शिक्षा ऐन, २०७४ को परिच्छेद ६, दफा १५ बमोजिम भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको अध्यक्षतामा गठित परीक्षा पदाधिकारीहरूलाई नगर प्रमुख सुनिल प्रजापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

उक्त समितिका अध्यक्षमा योगेन्द्रमान बिजुक्छेँ, सदस्यहरुमा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समितिका न्हुछेबहादुर खाताखो, सामुदायिक माध्यामिक विद्यालय, सामुदायिक परीक्षा समितिका राम हाडा, संस्थागत विद्यालय संघ नेपाल (इसान) का कृष्णराम त्वानाबासु, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका शिवकुमार कोजु, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपालका विश्वराम दुवाल, आधारभूत विद्यालय समितिका दिपक माक, शिक्षा शाखाका राजेन्द्र दुमरु र सदस्य सचिवमा रामेश्वर मचामसी रहेका छन् ।
उक्त शपथ ग्रहण कार्यक्रममा नगरप्रमुख प्रजापतिले नगरपालिकाले सञ्चालन गर्ने परीक्षालाई स्वच्छ, मर्यादित एवम् अनुशासित रुपमा सम्पन्न गर्न निर्देशन समेत दिएका छन् ।

तस्बिर : भक्तपुर नगरपालिका ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

पनौती नगर अस्पतालमा मुख्यमन्त्रीको स्थलगत निरीक्षण

काभ्रेपलान्चोक, ०५ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शुक्रबार काभ्रेपलाञ्चोकको पनौती नगर अस्पतालको स्थलगत निरीक्षण गरेका...