हेटौंडा-काठमाडौं वैकल्पिक सडकमा राति गाडी चलाउन रोक

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ०१ मंसीर । हेटौंडा-काठमाडौं आउजाउ गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल वा सिस्नेरी सडकमा चल्ने सार्वजनिक सवारीसाधनको समय निर्धारण गरिएको छ। हेटौंडामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त सडकमा राति सवारीसाधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि समय निर्धारण गरेको हो।

अब हेटौंडाबाट बिहान साढे ५ बजे र भैंसे प्रहरी चेकपोस्टबाट साँझ ६ बजेसम्म सवारीसाधन पार भइसक्नुपर्नेछ। ६ बजेपछि सवारीसाधन भैंसेमै रोकिनेछन्। बिहान ५ बजेपछि मात्र उक्त मार्ग भएर राजधानी जाने सवारीसाधनलाई अगाडि बढ्न दिइने व्यवस्था गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। ‘उक्त रुटमा राति सवारीसाधन सञ्चालन गर्दा भीमफेदीदेखि देउरालीसम्मको सडकमा धेरै दुर्घटना भएर धनजनको क्षति भएकाले दुर्घटना न्यूनीकरण गर्न गाडी चलाउने समय निर्धारण गरिएको हो,’ उनले भने।

भैंसेदेखि देउरालीसम्मको सडक घुमाउरो, साँघुरो, ओरालो,
भिरालो र अँध्यारो भएकाले सवारी दुर्घटना न्यूनीकरण गर्न राति सवारी सञ्चालनमा रोक लगाउनुपरेको सुरक्षा समितिले जनाएको छ। बिहीबार उक्त सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो। उक्त गाडी काठमाडौंवाट राति हेटौंडातर्फ आउँदै थियो। दुर्घटनापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले फर्पिङ चेकपोस्टबाट बेलुका ८ बजेपछि सार्वजनिक सवारीसाधनलाई हेटौंडातर्फ आउन रोक लगाएको छ।

हेटौंडामा बसेको सुरक्षा समितिको बैठकले यात्रुवाहक सवारीसाधनको उक्त रुटमा पर्ने चेकपोस्टमा राम्रोसँग जाँच गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...