तामाकोशी र सुनकोशी नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडान गरिने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २९ कात्तिक । गौरीशङ्कर गाउँपालिका-९ मा अवस्थित च्छो रोल्पा हिमतालको सम्भावित जोखिम न्यूनीकरणका लागि रामेछापका तामाकोशी र सुनकोशी नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको पहल थालिएको छ । हिमताल बिस्फोट भएमा नदी तटीय क्षेत्रका बासिन्दालाई समयमै सतर्क गराउन स्वचालित रूपमा सूचना प्रवाह गर्न सकिने साइरन प्रणाली जडान गर्न लागिएको हो ।
रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार साइरन प्रणाली जडानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सम्बन्धित निकायसँग अनुरोध गरिएको छ । च्छो रोल्पा हिमताल सम्भावित रूपमा विस्फोट भएमा त्यसबाट निस्कने बाढीले रामेछापका तामाकोशी र सुनकोशी नदी तटीय क्षेत्रमा पुर्‌याउन सक्ने क्षति न्यूनीकरण गर्न पूर्वतयारीलाई प्राथमिकता दिइएको प्रजिअ केसीले बताए ।

यसैगरी, हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित बाढीको जोखिम अध्ययन गरी प्रतिवेदन पेस गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार गठित उपसमितिले काम गरिरहेको छ । उपसमितिले जोखिमयुक्त क्षेत्रको पहिचान, सम्भावित प्रभाव र जोखिममा पर्न सक्ने बस्तीको विवरण संकलन तथा अध्ययन गरिरहेको केसीले जानकारी दिए ।
जोखिम क्षेत्रको यकिन विवरण संकलन र अध्ययनलाई प्रभावकारी बनाउन जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायसँग सहयोग मागेको छ । मन्थली र रामेछाप नगरपालिका तथा खाँडादेवी र लिखु तामाकोशी गाउँपालिकासँग नदी तटीय क्षेत्रका जोखिमयुक्त बस्तीको विवरण माग गरिएको छ । जिल्लाका नदी तटीय क्षेत्रहरू मिल्ती खोलादेखि कोलन्जोर घाट, लिखु नदीसम्मका क्षेत्रमा सम्भावित बाढीबाट प्रभावित हुन सक्ने घरधुरी र जनसङ्ख्याको विवरण उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरिएको प्रजिअ केसीले बताए । त्यस्तै, जोखिम क्षेत्रमा रहेका विद्यालय, स्वास्थ्य संस्था, बजार, धार्मिक स्थल तथा अन्य सार्वजनिक संरचनाको विवरणसमेत संकलन गर्न भनिएको छ ।

सम्भावित बाढीबाट प्रभावित हुन सक्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक पर्ने उच्च भूभाग, खुला क्षेत्र, सामुदायिक भवन तथा आश्रयस्थलको पहिचान गरी तिनको क्षमता विवरणसमेत उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरिएको छ । सम्भावित जोखिमको पूर्व पहिचान, समयमै सूचना प्रवाह र सुरक्षित स्थानान्तरणको व्यवस्था मिलाउने उद्देश्यले जिल्लामा विपद् पूर्वतयारीका काम अघि बढाइएको प्रशासनले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...