हेटौंडामा हवाई फायर गरेर पेस्तोलसहित दुई पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, २८ कात्तिक । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोलीले हवाई फायर गरेर पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका-१ तिरतिरेधारानजिक शनिबार बिहान शंकास्पद अटो रिक्सा जाँच गर्ने क्रममा एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

अवैध सामान ल्याउँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवर्ण थापाको कमान्डमा खटिएको विशेष टोलीले अटो रिक्सा रोक्न खोजेको थियो । सो क्रममा अटोमा सवार व्यक्तिले प्रहरी टोलीमाथि फायर गर्न खोजेपछि हवाई फायर गरेर नियन्त्रणमा लिइएको जनाइएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको मनराशिस्वा नयाँबस्तीका आमिर भन्ने सुनबहादुर तामाङ र अटोचालक विश्वराज मोक्तान छन् । उनीहरूको साथबाट ७.६५ एमएमको सेमी अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने एक राउन्ड गोली, म्यागजिन एक थान र तीन थान एन्ड्रोइड मोबाइल बरामद गरिएको छ । प्रहरीले अटो रिक्सा पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरी बलको नम्बर १४ गण हेटौंडामार्फत नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...