बल्खु-हेटौंडा चल्ने सवारीसाधनले अब बेलुका ८ बजेसम्म फर्पिङको प्रहरी चेकपोस्ट पुगिसक्नुपर्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौ, २८ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु-दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ । जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार उक्त रुटमा सञ्चालन हुने यात्रुबाहक सवारीसाधन अब बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ । शुक्रबार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा यात्रु, चालक र सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्धारित समयतालिका तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ । जारी सूचनामार्फत यात्रु सुरक्षालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको जनाइएको छ ।
पछिल्लो समय काठमाडौं-बल्खु-दक्षिणकाली-हेटौंडा सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाबाट मानवीय क्षति हुने क्रम चिन्ताजनक रहेको प्रशासनले जनाएको छ ।

साँघुरा सडक, भिरालो तथा घुम्तीयुक्त मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति, रातिको समयमा अँध्यारो सडकमा यात्रा तथा चालकको अत्यधिक कार्यबोझ र अनिद्रालाई दुर्घटनाका प्रमुख कारणका रूपमा औँल्याइएको छ । मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको प्रशासनले जनाएको छ । प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुबाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

यसैगरी, काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुबाहक सवारीसाधन अनिवार्य रूपमा जाँच गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको छ ।
फर्पिङबाट बिहीबार बिहान ४ बजे हेटौंडाका लागि छुटेको यात्रुबाहक माइक्रोबस भीमफेदीको चिसापानीगढीमा पौने ६ बजे दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले उक्त सूचना जारी गरेको हो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...