‘अर्नब’ को प्रभाव आजदेखि बढ्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ कार्तिक । चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि त्यसको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार आज दिउँसोदेखि वर्षा सुरु हुने र भोलि भारी वर्षाको सम्भावना बढी छ ।
उनका अनुसार आज रातिदेखि शनिबार बिहानसम्म सतर्क रहनुपर्ने देखिएको छ । नेपालमा चक्रवातको प्रभावस्वरूप बादल देखिन थाले पनि बिहीबार बिहानसम्म वर्षा सुरु भइसकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पनि आजदेखि चक्रवातको प्रभाव क्रमशः बढ्ने सम्भावना छ । महाशाखाले कार्तिक १२ देखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा पनि भारी वर्षा तथा हिमपात हुन सक्नेछ ।

मौसमविद् पोखरेलले हिजोको तुलनामा आजको पूर्वानुमानमा जोखिममा रहेका जिल्लाको संख्या घटे पनि न्यूनचापीय प्रणालीले ठूलो क्षेत्र ओगटेकाले माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँगको अन्तरक्रियाका कारण धेरै स्थानमा भारी वर्षा हुन सक्ने बताए ।

वर्षाको स्थान, समय र मात्रा परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम अपडेट र आधिकारिक सूचनामा ध्यान दिन उनले आग्रह गरेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...