प्रदेश सरकारले उद्धार, राहत तथा पुन:र्स्थापनाको  कामलाई तीव्रता दिएकाे छ : मुख्यमन्त्री थापामगर

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २३ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवा बाढीपछिको महाविपत्तिबाट प्रभावित क्षेत्रहरूमा प्रदेश सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाको   कामलाई तीव्रता दिएको बताएका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका-८ जगातीस्थित सूर्यविनायक नगर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै मुख्यमन्त्री थापामगरले बागमती प्रदेशका विशेष गरी चार जिल्ला रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ वटा पालिकाहरू बाढी पहिरोबाट बढी प्रभावित भएको जानकारी दिए ।

मुख्यमन्त्री थापाले भदौ १० गते बिहान ८ः ४६ बजे रसुवाको लेन्दे नजिकै हिमनदी फुटेर आएको भीषण बाढीका कारण ठुलो क्षति पुगेको बताए । रसुवाका गोसाईंकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । तीमध्ये गोसाईंकुण्ड र उत्तर गयामा स्वास्थ्य चौकी, अस्पताल, पालिका भवनका साथै जनप्रतिनिधि तथा सर्वसाधारणको समेत ज्यान जाने गरी ठुलो मानवीय र भौतिक क्षति भएको छ । त्यसैगरी, नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी, किस्पाङ र तारकेश्वर तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा पनि क्षति पुगेको छ । मुख्यमन्त्री थापाले बाढी पहिरोका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित भएको, ६६२ मेगावाटभन्दा बढी क्षमताका ६ वटा हाइड्रोपावरहरू बन्द तथा क्षतिग्रस्त भएको र खर्बौँको भौतिक क्षति भएको जानकारी दिए ।

विपत्ति लगतै १० गते बिहान ११ बजे नै प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बसेर उद्धारमा टोली खटाइएको मुख्यमन्त्री थापाले बताए । उनी स्वयम् ४ बजे नुवाकोटको बट्टार पुगेर चार वटा प्रादेशिक अस्पतालका १०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसहित हेल्थ क्याम्प सञ्चालन गराएका थिए । घरबारबिहीन भएका र आफन्त गुमाएका पीडितहरूका लागि तत्काल चार वटा सेल्टर (अस्थायी बासस्थान) निर्माण गरी गाँस र बासको व्यवस्था गरिएको उनले बताए । यस्तै, अलपत्र परेका १५ सयभन्दा बढी यात्रु, भक्तजन तथा श्रमिकहरूलाई प्रदेश सरकारको समन्वयमा बसमार्फत निःशुल्क काठमाडौँसम्म ल्याउने व्यवस्था मिलाइएको जानकारी दिए ।

अवरुद्ध बनेका सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको मुख्यमन्त्री थापाले जानकारी दिए । प्रदेश विपत् व्यवस्थापन कोषबाट विपत् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
उनका अनुसार रसुवाका लागि १ करोड रुपैयाँ,  नुवाकोटका लागि १ करोड, धादिङ ५० लाख र चितवनका लागि ५० लाख रुपैयाँ  गरी ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको उनले बताए । उक्त रकम स्थानीय विपत् व्यवस्थापन समितिमार्फत खर्च हुनेछ । साथै, बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रति शव २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइने घोषणा समेत गरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...