धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

Date:

Share post:

Suryabinayak Nagarpalika

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले धादिङ जिल्लामा रात्रिकालीन सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, धादिङले आइतबार सूचना जारी गर्दै उक्त निर्णय गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सिंहदरबार काठमाडौँबाट चितवन, गोरखा, धादिङ, नुवाकोट लगायतका जिल्लाहरूमा रातीको समयमा सवारी आवगमनमा उच्च जोखिम रहेको जानकारी गराएपछि प्रशासनले यो कदम चालेको हो ।
सूचना अनुसार आम सर्वसाधारणको जिउ ज्यानको सुरक्षार्थ साउन ३ गते राति १०:०० बजेदेखि साउन ४ गते बिहान ०५:०० बजेसम्मका लागि सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनहरू गुड्न पाउने छैनन् । यद्यपि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधन जस्ता अत्यावश्यक सेवाहरू भने निरन्तर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम) द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...