बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत उपलब्ध गराउने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसका आधारमा प्रदेशका १३ वटै प्रादेशिक अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा छुट दिने व्यवस्था गरिएको स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिए ।

उनका अनुसार यसका लागि मन्त्रालयले सबै प्रादेशिक अस्पताललाई निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिइएको छ । मन्त्री थापाले पत्रकारहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो व्यवस्था गरिएको बताए । निर्णयअनुसार पत्रकारहरूले अन्तरंग (वार्ड) सेवामा क्याबिनबाहेक शतप्रतिशत छुट पाउनेछन् । आइसियू सेवामा ५० प्रतिशत, शल्यक्रिया सेवामा (क्याबिनबाहेक) ५० प्रतिशत तथा प्रयोगशाला सेवामा पनि ५० प्रतिशत छुट दिइनेछ ।

त्यसैगरी, एक्स–रे, सिटी स्क्यान, एमआरआई तथा भिडियो एक्स–रे सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने प्रसूति सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । पत्रकारले वर्षमा एकपटक स्वास्थ्य परीक्षण पनि निःशुल्क गर्न पाउने व्यवस्था गरिएको छ । आकस्मिक उपचार सेवा भने सरकारले तोकेको विद्यमान व्यवस्थाअनुसार उपलब्ध हुनेछ ।

मन्त्रालयले यसअघि नै अति गरिब, असहाय, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैंगिक हिंसापीडित, विपत् तथा प्राकृतिक प्रकोपबाट प्रभावित, गरिब तथा विपन्न आकस्मिक बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी–जनजातिलगायतका वर्गलाई प्रदान गर्दै आएको सहुलियतलाई निरन्तरता दिएको छ। अब त्यसमा श्रमजीवी पत्रकारलाई पनि समेटिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता...

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...