स्कुटरसहित बगेर बेपत्ता चालक ४ दिन पछि मृत फेला

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ३२ असार । इन्द्रसरोवरस्थित सिमखोलाले चार दिनअघि स्कुटरसहित बगेर बेपत्ता भएका चालक मृत अवस्थामा फेला परेका छन । उनी सर्लाही ढुग्रेबासका ३० वर्षीय महेश कार्की रहेको प्रहरीको भनाइ छ ।
सिमखोलाको बाढीले बगाएको स्कुटर भने मंगलबार फेला परेको थियो । खोलाको बहाव कम भएपछि बुधवार अपराह्नदेखि डोजर लगाएर खोलाको बालुवा खोतल्ने काम गरिएको थियो । सो क्रममा कज-वेबाट करिब २ सय मिटर तल बालुवाले पुरेको अवस्थामा शव फेला परेको खानीखेतस्थित सशस्त्र प्रहरी बलका एक प्रहरी अधिकृतले बताए ।

सोमबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउने क्रममा कुलेखानी ड्याममुनि सिमखोलामा आएको बाढीले बा.प्र. ०२–०३२ च ८०५४ नम्बरको स्कुटरसहित चालक बगाएको थियो । सडकबाट करिब सय मिटरमुनि खोलामा मंगलबार स्कुटर र ब्लुबुक फेला परेपछि स्कुटर धनीको नाम खुलेको थियो । चालक कार्की काठमाडौंमा राइड सेयरिङका चालक थिए । सोमबार घरतर्फ जाने क्रममा उक्त घटना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता...

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...