मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमलाई व्यवस्थित बनाउन हेटौंडामा अत्याधुनिक प्रिफ्याब भवन निर्माण गरेको छ । हेटौंडा उपमहानगरपालिका-१० स्थित टिसिएन क्षेत्रमा निर्मित भएन ४ महिना मै सम्पन्न गरि बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारले उक्त भवन निर्माणका लागि १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो भने, कुल ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ लागतमा ठेक्का सम्झौता भई तीव्र गतिमा भवन निर्माण कार्य पूरा गरिएको छ। उक्त भवन बने सँगै प्रतिष्ठानले ठुलो राहत पाएको छ । यस भवनमा अत्याधुनिक कक्षाकोठाहरू, प्रशासनिक ब्लक, सुविधायुक्त प्रयोगशालाहरू रहने जनाएको छ ।
नवनिर्मित भवन उद्घाटन गर्दै  पूर्व मूख्यमन्त्री  डोरमणी पौडेलले यस प्रतिष्ठानलाई प्रदेशकै गौरवको आयोजनाका रूपमा प्रस्तुत गर्दै हेटौँडालाई स्वास्थ्यको उत्कृष्ट शैक्षिक हब बनाउन यस भवनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरी, कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रतिष्ठान अन्तर्गत हाल स्नातक तहका ४ संकायमा ५५० जना विद्यार्थी अध्ययनरत रहेको र यसै सत्रदेखि ५० सिटमा एमबिबिएस (एमबिबिएस) र एमडी तहको शैक्षिक कार्यक्रम समेत सुरु भइसकेको जानकारी दिएएका छन् ।
विगतमा सामान्य उपचारका लागिसमेत चितवन वा काठमाडौँ धाउनुपर्ने बाध्यता बेहोरेका मकवानपुरबासीका लागि हेटौँडा अस्पताल अहिले भरपर्दो भरोसा बनेको मन्त्री थापा मगर बताउँछन् । ‘अस्पतालको ओपिडीमा दैनिक १ हजार ६ सयदेखि १ हजार ८ सय बिरामीहरू आउने गरेका छन्, जसमा मकवानपुरका साथै छिमेकी मधेश प्रदेशका बारा, पर्सा, रौतहट र सर्लाहीका नागरिकहरू समेत रहेका छन्,’ उनले भने, ‘अस्पतालमा सेवा विस्तार गर्ने क्रममा यसै वर्ष क्याथल्याब मेसिन खरिद गरी मुटुको उपचार सुरु गरिने तथा जलन सम्बन्धी उपचार सेवा थपिने तयारी छ ।’ साथै आवश्यक सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेकाले केही दिनभित्रै एनआइसीयु र पीआईसीयू वार्डहरू पनि सञ्चालनमा ल्याइने मन्त्री थापा मगरले बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...