भारतीय नम्बर प्लेटको कारभित्र लागूऔषध, ५ भारतीय पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २९ असार । प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ गरेको छ।प्रहरीले आइतबार कास्की पोखरा महानगरपालिका-३२ मजुवामा भारतीय नम्बरको कारमा लुकाइराखेको लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा उत्तरप्रदेश सरदार नगर गोरखपुरका २७ वर्षीय विकास कुमार, सोही ठाउँका २९ वर्षीय बर्जली पासवान, भारत अराजी बसडिला गोरखपुरका ३३ वर्षीय अभकुरार मिश्र, भारत कुसुमी बजार गोरखपुरका ३३ वर्षीय प्रितम कुमार र भारत नन्दनगर दरगहिया गोरखपुरका २५ वर्षीय अभिषेक कुमार पासवान छन्।

लागुऔषध ब्युरो शाखा कार्यालय पोखरा र इलाका प्रहरी कार्यालय डाँडाको नाकको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
प्रहरीले भारतीय नागरिक सवार युपी ५३ वाई ७७०४ नम्बरको कार चेकजाँच गर्दा १८०० पिस ब्रेप्रेनोर्फिन, डाइजेपाम र फेनारगन एम्पुल र ट्रामाडोल ५१० क्याप्सुल बरामद भएको रेग्मीले बताए। पक्राउ परेकालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...