काठमाडौं महानगरले गणेश नेपालीको परिवारलाई रोजगार दिने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ असार । बिहीबार राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्दा गम्भीर भई शुक्रबार उपचारका क्रममा निधन भएका गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाले रोजगारी उपलब्ध गराउने भएको छ।
महानगरले शुक्रबार साँझ विज्ञप्ति जारी गरी उनका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने जानकारी गराउँदै सो सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिने उल्लेख गरेको छ।

यस घटनाको निष्पक्ष छानबिन गर्न नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको भन्ने जानकारी सञ्चारमाध्यम मार्फत् प्राप्त हुन आएको जानकारी गराउँदै प्रवक्ता नवीन मानन्धरको हस्ताक्षरमा महानगरले उक्त समितिको तथ्यगत छानबिनमा काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा सहयोग गर्ने उल्लेख गरेको छ। छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्ने महानगरले बताएको छ।

महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न, यस्ता घटना दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार छ । यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न पनि अपिल गरेको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...