काठमाडौं, २६ असार । गोकर्णेश्वर नगरपालिका-४ माकलबारीमा बिहीबार बिहान अक्सिजन सिलिन्डर पड्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहान करिब १०:२० बजे सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाएको बा प्र ०६-००१ झ ००१७ नम्बरको गाडीमा रहेका दुईवटा फायर एक्स्टिङ्गुइशर र एउटा सानो अक्सिजन सिलिन्डर एक्कासी पड्किएको थिए ।
त्यसैक्रममा पैदलयात्री बागलुङ घरभई गोकर्णेश्वर-८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको थियो । तर, बाटोमै मृत्यु भएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी पवनकुमार भट्टराईले बताए । घटनाको थप कारण खुल्न बाँकी रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




