मकवानपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, २२ असार । मकवानपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले सोमबार मकवानपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । स्वास्थ्य मन्त्री थापाले प्रत्येक बालबालिकाले समयमै नियमित खोप पाउने वातावरण सुनिश्चित गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावक सबैको सक्रिय सहकार्य आवश्यक रहेको बताएका छन् । एक जना पनि बालबालिका खोपबाट छुट्न नहुने उल्लेख गर्दै स्वास्थ्य मन्त्री थापाले लक्षित समूहका बालबालिकालाई अनिवार्य रूपमा पूर्ण खोप उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताएका छन् ।
मकवानपुर जिल्लाको १० वटै पालिकालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता’ घोषणापछि जिल्लालाई पूर्ण खोप घोषणा गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारका अनुसार पहिलो चरणमा जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि निर्धारित इन्डिकेटर र ‘पूर्ण खोप निर्देशिका २०७१’ को आधारमा सिंगो जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरेको हो ।

पछिल्लो सर्वेक्षणअनुसार, १६ देखि २३ महिनाका ४ हजार ८७१  जना बालबालिकाले पूर्ण रूपमा खोप लगाएको तथ्यांक रहेको छ । खोप समन्वय समितिको सक्रियतामा हरेक पालिकाको वडामा घरभेट सर्वेक्षण, २४४ वटा खोप केन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको जनाइएको छ । यसै आधारमा ९५ प्रतिशत खोप पहुँच दर पुगेपछि पूर्ण खोपको घोषणा गरिन्छ । खोप लगाउने क्रममा १६ देखि २३ महिनाका एक बालक शून्य खोप लगाएको भेटिएको थियो भने १०७ जना आशिक खोप लगाएको बालबालिका भेटिएको जनस्वास्थ्य कार्यालय हेटौंडाका प्रशासक मिजारले जानकारी दिए । आशिंक र शून्य खोप लगाएकाहरुलाई पनि पू‍र्ण खोप लगाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । १० वटा स्थानीय तह रहेको मकवानपुर जिल्लामा १०२ वटा वडा छन् । स्वास्थ्य संस्थाहरु ११० वटा छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Mental Health Awaress
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८...