एआईजीको सरुवा सूची सार्वजनिक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ असार । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णयसँगै प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सरुवाको आधिकारिक सूची सार्वजनिक गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्कोले आठ जना एआईजीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
सार्वजनिक विवरणअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागमा कार्यरत एआईजी राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सरुवा गरिएको छ। त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत डा. मनोज कुमार के.सी.लाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पठाइएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी शिद्धी विक्रम शाहलाई प्रहरी प्रधान कार्यालयकै प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ।

यसैगरी, अपराध अनुसन्धान विभागमा कार्यरत सुशील सिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयको कार्य विभागमा कार्यरत उमा प्रसाद चतुर्वेदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी सुम्पिएको छ भने प्रशासन विभागका हिमालय कुमार श्रेष्ठलाई कार्य विभागमा लगिएको छ। अन्य सरुवा हुनेहरुमा प्रदेश समन्वय विभागका डम्बर बहादुर विश्वकर्मालाई प्रशासन विभागमा र काठमाडौं उपत्यका प्रहरी कार्यालयका ईश्वर कार्कीलाई मानवस्रोत विकास विभागमा सरुवा गरिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...