कबाडी सामान बोकेका १० ट्रक सानेपाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १७ असार । सशस्त्र प्रहरी बल नेपालले आवश्यक कागजातबिना कबाडी सामान बोकेर उपत्यकाबाहिर जान लागेको १० वटा ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार मंगलबार साँझ गोप्य सूचनाका आधारमा ललितपुरको सानेपाबाट छुटेका ती ट्रकलाई रिङरोड क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा परेका ट्रकहरूमा ठूलो परिमाणमा कबाडी सामान लोड गरिएको थियो। ती ट्रकसँग आवश्यक कागजात नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नियन्त्रणमा परेका ट्रकहरूको नम्बर प्र२-०३-००१ ख ४७३८, लु२ ख ५१०५, प्र२-०३-००१ ख ५६१९, ना५ ख ६६७१, ना८ ख ६२५३, ना७ ख ९९८, ना६ ख ९४९७, ग२ ख ५३९, ना६ ख ५६१ रहेका छन्। अर्कोएउटा ट्रकको नम्बर खुलाईएको छैन । सशस्त्र प्रहरीले ती ट्रकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

स्कुटरसहित बगेर बेपत्ता चालक ४ दिन पछि मृत फेला

मकवानपुर, ३२ असार । इन्द्रसरोवरस्थित सिमखोलाले चार दिनअघि स्कुटरसहित बगेर बेपत्ता भएका चालक मृत अवस्थामा फेला परेका छन...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...