भक्तपुर नपाको बीसौं नगरसभा चालु : भक्तपुर नगरपालिकाको आ.व. २०८३/०८४ को बजेटमाथि छलफल

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १२ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौैं नगरसभाको बैठक शुक्रबार पनि चालु रह्यो । उक्त बैठकमा भक्तपुर नपाको आ.व. २०८३।०८४ को बजेटमाथि छलफल भएको छ। सभाको शुक्रबारको बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०८३/०८४ को बजेटमाथि भएको दफावार छलफलमा सभासद्हरु हरिरत्न गोर्खाली, सिद्धिराम अवाल, इन्द्रबहादुर प्याठ, श्यामसुन्दर मातां, पुरुषोत्तम तमखू, नारायणप्रसाद त्वानाबासु र रामसुन्दर बासीले प्रस्तावित कर तथा दस्तुरमा पुल हाउसलाई करको दायरामा ल्याउनुको सट्टा पूर्ण रूपमा बन्द गराउनुपर्ने, सफाइ शुल्क वृद्धि गरी शुल्क संकलनका लागि अनलाइन वा घरदैलोमार्फत संकलन गर्ने व्यवस्था गर्नुपर्ने, आदर निकेतनको शुल्क समयसापेक्ष बनाउन ध्यान दिनुपर्ने, ब्रम्हायणी मन्दिरलाई मौलिक शैलीमै पुनःनिर्माण गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्ने, अस्पताल तथा विद्यालय परिसरमा ट्राफिक बत्ती (ट्राफिक लाइट) जडान गर्नुपर्ने, व्यवस्थित वधशाला निर्माणका लागि बजेट व्यवस्था गर्नुपर्ने, कृषि अनुसन्धान केन्द्र स्थापना तथा निर्माणका लागि बजेट छुट्याउनुपर्ने, प्रदेश सरकारबाट प्राप्त हुने बजेटको पूर्ण रूपमा सदुपयोग सुनिश्चित गर्नुपर्ने, जग्गा खरिद शीर्षकमा विनियोजित बजेट न्यून भएकाले बजेट वृद्धि गर्नुपर्ने, स्वास्थ्य केन्द्रहरूमा छुट्टाछुट्टै बजेट विनियोजन गर्नुको सट्टा ख्वप अस्पताललाई थप सुविधासम्पन्न बनाउन आवश्यक बजेट व्यवस्था गर्नुपर्नेलगायतका धाराणा व्यक्त गरेका छन् ।

त्यस्तै, सभाको विशेष समयमा सभासद्हरु रामसुन्दर बासी, जितेन्द्र मुनंकर्मी, रीता फसिकवा, सीतादेवी नेपाली, कल्पना शिल्पकार, सुमित्रा बोहजु, विष्णुकेशरी दुवाल, मन्जुमैंया लाखा, कृष्णनारायण दुमरु, सिद्धिराम अवाल, ज्ञानबहादुर मानन्धर, इन्द्रबहादुर प्याठ, कृष्णलाल किसी, हरिरत्न गोर्खाली, सूर्यप्रसाद श्रेष्ठ, कृष्णसुन्दर प्रजापति, श्यामसुन्दर मातां र गोविन्द दुवालले स्थानीय समस्याहरु र समसामयिक विषयहरुमा आ-आफ्नो धारणा राखेका छन् । सभामा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५ मा तेस्रो संशोधन विधेयक छलफलको लागि प्रस्तुत गरेका छन् । नगरसभाको अर्को बैठक २०८३ साल असार १२ गते सोमबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...