जिब्रो छेड्ने जात्रा र नीलबाराही गण नाच अभौतिक सम्पदामा सूचीकृत

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ असार । ऐतिहासिक एवं सांस्कृतिक शहर मध्यपुर थिमी नगरपालिका बोडेमा मनाइने नीलबाराही गण नाच र जिब्रो छेड्ने जात्रा नेपालको अभौतिक सम्पदामा सूचीकृत भएको छ। मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो नाच र जात्रालाई अभौतिक सम्पदाको सूचीमा सूचीकृत गरेको हो। नीलबाराही गणनाच र जिब्रो छेड्ने जात्रा मध्यपुर थिमी नगरपालिकाको विशेष पहिचान बोकेको दुई छुट्टाछुट्टै महत्त्वपूर्ण मौलिक सम्पदा हुन्।

यो नाच नेवार समुदायको बाहुल्यता रहेको मध्यपुर थिमि नगरपालिका वडा नं‍. ८ र ९ मा पर्ने ऐतिहासिक शहर बोडेमा प्रदर्शन गरिन्छ। यो नाचलाई नेपालभाषामा नीलबाराही ‘द्यो प्याखँ’ भनिन्छ। नीलबाराही गण नाच मध्यपुर थिमिको बोदेमा प्रदर्शन गरिने तान्त्रिक विशेषतायुक्त साँस्कृतिक नाच हो। यो नाच करिब ५०० वर्षभन्दा पुरानो मानिन्छ। नेपालकै सबैभन्दा कठोर विधि र नियम पालना गरिने  ऐतिहासिक र धार्मिक नाचहरूमध्ये एक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...