ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोड ८७ लाख बजेट

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। बुधबार महानगरपालिकाको नवौं नगरसभामा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले ७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँको बजेट ल्याएको थियो।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन चालु आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले बढी हो। यस्तै, पूँजीगततर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ छुट्याइएको छ। चालु आर्थिक वर्षमा पूँजीगत बजेट ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ रहेकोमा आगामी वर्षका लागि यो रकम करिब ६ प्रतिशतले घटाइएको छ।
स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट १ अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ तथा बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, आन्तरिक राजस्व, मालपोत दर्ता शुल्क, मनोरञ्जन करलगायतका शीर्षकबाट ३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ संकलन हुने प्रक्षेपण गरिएको छ। विकास निर्माणमा जनसहभागितामार्फत ६ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा महानगरपालिकाको छ। अन्तर-सरकारी अख्तियारीमार्फत १ अर्ब ६ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने बजेट कार्यान्वयनका लागि अपुग हुने १ अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने उल्लेख गरिएको छ।

बजेटको पूर्णपाठ ; complete-final-with-bidheyak

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...