चाँगुनारायण नगरपालिकाले ल्यायो २ अर्ब ४ करोड बजेट

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १० असार । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिकवर्ष ०८३/८४ को लागि २ अर्ब ४ करोड रुपैंयाको बजेट प्रस्तुत गरेको छ । बुधबार बसेको नगरसभाको १८औं अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा आन्तरिक श्रोतका रुपमा सिफारिस दस्तुर, व्यवसाय दर्ता तथा नविकरण शुल्क, घरनक्सा पास दस्तुरबाट  ३४ करोड ६ लाख २० हजार आन्तरिक आय हुने अनुमान गरिएको छ । त्यस्तै, सवारी साधनको राजस्वबाट ८ करोड २२ लाख  र घरजग्गा रजिष्ट्रेशनबाट ८६ करोड रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, संघीय सरकारबाट १६ करोड ३७ लाख, राजस्व बाँडफाँडबाट १२ करोड ४१ लाख ९१ हजार तथा सशर्त अनुदान मार्फत ५५ लाख र विशेष अनुदान योजना मार्फत बैंकमा बहिुवर्षीय योजना अन्तरगत तीन करोड विनियोजन भएकोमा यस आर्थिक वर्षमा एक करोड ५० लाख प्राप्त भएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान मार्फत एक करोड ४९ लाख ९७ हजार, सशर्त अुनदान मार्फत तीन करोड ५१ लाख २५ हजार तथा विशेष अनुदान मार्फत ७० लाख प्राप्त भएको जनाइएको छ ।

बजेट बक्तव्य प्रस्तुत गर्दै उपप्रमुख बुढाथोकीले श्रोतको सुनिश्चितता भएमा मात्र बजेटले अपेक्षा गरेका उपलब्धीहरु हासिल गर्न नगरवासीहरुलाई सेवा सुविधा उपलब्ध गराउन सकिने भएकाले लक्ष्य अनुसारको राजस्व संकलन हुन आवश्यक रहेको बताए । कार्यक्रममा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । बजेट तथा नीति तथा कार्यक्रम असार २८ गते बस्ने अर्को नगरसभाको बैठकले पारित गर्ने उपप्रमुख बुढाथोकीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता...

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...