बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०९ असार । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसत ७६.२ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढी रहेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ भने बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

चालुआव ०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएकोमा बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब रुपैयाँ रहने अपेक्षा गरिएको छ। त्यस्तै, राष्ट्रिय प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर रहने अनुमान गरिँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय २ हजार ६४४ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ, जुन सबै प्रदेशमध्ये उच्च हो।

गरिबीको अवस्थातर्फ हेर्दा, मुलुकको निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत रहेको बेला बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत तथा बहु आयामिक गरिबी ७ प्रतिशत मात्र रहेको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता...

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...