३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी: स्वास्थ्य बीमा बोर्ड

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०८ असार । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापत देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई दुई अर्ब रुपैयाँ भुक्तानी गरेको छ। अर्थ मन्त्रालयले गत ४ गते स्वास्थ्य बीमा बापतको रकम बोर्डको खातामा पठाएपछि बोर्डले आज देशभरका ३६४ वटा स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरेको हो। बीमा कार्यक्रममा आबद्ध भएका बिरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएबापत अस्पतालहरूले लामो समयदेखि पाउनुपर्ने दाबी रकमको एउटा ठूलो हिस्सा यसपटक भुक्तानी गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार प्राप्त रकमलाई पारदर्शी र समानुपातिक ढंगले वितरण गर्ने प्रयास गरिएको छ। यस भुक्तानीले देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूको आर्थिक दायित्व कम गर्न र सेवा प्रवाहलाई निरन्तरता दिन ठूलो राहत पुग्ने विश्वास लिइएको छ। स्वास्थ्य बीमा बापतको दाबी रकम समयमै भुक्तानी नहुँदा केही अस्पतालहरूले बीमा सेवा नै बन्द गर्ने वा सेवा प्रवाहमा संकुचन ल्याउने चेतावनी दिँदै आएका थिए।

भूूक्तानी भएका अस्पतालहरूको नामावली निम्न छन् ।

Hospital Payment 2083-03-08 Website Upload_1_rtyalzc

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...