सामान्य विवादमा चक्कु प्रहार गरी युवकको हत्या

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०९ असार । भक्तपुरमा सामान्य विवादमा चक्कु प्रहार गरी युवकको हत्या भएको छ । प्रहरीका अनुसार भक्तपुर नगरपालिका-१ नगरकोटमोडमा सोमबार राति १० बजे सामान्य विवादका क्रममा भएको झैँ-झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको हो।

महोत्तरी मिथिला नगरपालिका-९ घरभई नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीमाथी चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट गम्भीर घाइते रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा मंगलबार (असार ९ गते बिहान ०६:१५ बजे) उपचारकै क्रममा मृत्यु भएको हो।

चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका-१३ घरभई भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका-३ घरभई सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घरभई सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...