काठमाडौंमा ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०५ असार । काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । महानगरले शुक्रबार खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गर्दै महोत्सवको सुरुआत गरेको हो । महानगरकी कार्यबाहक मेयर सुनिता डंगोलले महोत्सवको उद्घाटन गरेकी हुन्। महोत्सवको पहिलो दिन अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरेको छ ।

महानगरपालिकाका अनुसार महोत्सव असार महिनाभर हरेक शुक्रबार र शनिबार काठमाडौंका विभिन्न सार्वजनिक स्थल, पार्क, डबली र चोकहरूमा सञ्चालन हुनेछ । चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, किम्फ र नेपाल फिल्म एकेडेमीसँगको सहकार्यमा प्राप्त लघु चलचित्रहरू प्रदर्शन गरिनेछन् । कार्यक्रम व्यवस्थापनका लागि स्थानीय संघसंस्था छनोट गरिएको छ । पहिलो दिनको कार्यक्रम इकोज इन द भ्यालीले व्यवस्थापन गरेको छ भने शनिबार असन क्षेत्रमा नीलः सांस्कृतिक क्लबले महोत्सव सञ्चालन गर्नेछ । यसैगरी, बालाजु, बागबजार, यट्खा बहाल, लगनटोल र मैतीदेवी क्षेत्रमा पनि महोत्सवका कार्यक्रम आयोजना गरिनेछन् ।
महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान पुर्‍याउने, रचनात्मक उद्योगलाई समुदायसँग जोड्ने तथा स्थानीय स्तरमा सांस्कृतिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको जनाएको छ । महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्र, कला तथा रचनात्मक उद्योगसम्बन्धी संवाद, सांस्कृतिक कार्यक्रम तथा मौलिक खानाका परिकारसमेत प्रस्तुत गरिनेछ ।

यसै अवसरमा फ्रान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फ ‘जुरी प्राइज’ र ‘बेस्ट साउन्ड क्रियसन अवार्ड’ जितेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’लाई काठमाडौं महानगरपालिकाले नगद १० लाख रुपैयाँसहित सम्मान गरेको छ । निर्देशक अविनाशविक्रम शाहको उक्त चलचित्रले कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेको थियो ।
महानगरपालिकाले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याएका लेखक, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकसहित सम्पूर्ण सर्जकको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरेको जनाएको छ। काठमाडौं र फ्रान्सको कान्स दुवै सहर युनेस्को क्रियटिभ सिटिज नेटवर्कअन्तर्गत चलचित्र विधाका सदस्य सहर हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

राष्ट्रिय सूचना आयोगमा प्रमुखसहित सूचना आयुक्तका लागि आवेदन आह्वान

काठमाडौं, २२ साउन । राष्ट्रिय सूचना आयोगमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढेको छ । पदाधिकारी नियुक्ति...

मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि छलफल सुुरु

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि सरोकारवालाहरूसँग छलफल सुरु गरेको छ...

महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न

काठमाडौं, २२ साउन । महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा...

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...