मनसुन भित्रियो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०५ असार । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो नेपालमा मनसुन भित्रिएको हो । महाशाखाका अनुसार अहिले कोशी प्रदेशका केही भूभागमा मात्र मनसुन सक्रिय देखिएको छ । यस पटक मनसुन सरदरभन्दा ६ दिन ढिलो गरी भित्रिएको हो । नेपालको पूर्वी भू-भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो । मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने पनि महाशाखाले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुन्जन्य विपद्‌बाट देशैभरि करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरेको छ । जसमा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् १० लाख २९ हजार जना (५२ प्रतिशत) महिला प्रभावित हुने आकलन गरिएको छ भने प्रभावित हुने पुरुषको जनसंख्या ९ लाख ६९ हजार जना छ ।
प्राधिकरणले बुधबार सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार यस वर्षको मनसुनबाट सबैभन्दा बढी लुम्बिनी प्रदेशवासी प्रभावित हुनेछन् । लुम्बिनीका १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या र सबैभन्दा कम कर्णाली प्रदेशका २९ हजार १३२ घरधुरीका १ लाख २७ हजार ३०८ जनसंख्या प्रभावित हुनेछन् ।

यसैगरी, बागमतीका ७४ हजार ९१४ घरधुरीका ३ लाख २७ हजार ३७६ जनसंख्या, गण्डकीका ६५ हजार ६९९ घरधुरीका २ लाख ८७ हजार १०७ जनसंख्या, कोशीका ६३ हजार १२७ घरधुरीका २ लाख ७५ हजार ८६७ जनसंख्या, मधेशका ५२ हजार ३३१ घरधुरीका २ लाख २८ हजार ६८७ जनसंख्या, सुदूरपश्चिमका ५२ हजार ११२ घरधुरीका २ लाख २७ हजार ७३० जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

राष्ट्रिय सूचना आयोगमा प्रमुखसहित सूचना आयुक्तका लागि आवेदन आह्वान

काठमाडौं, २२ साउन । राष्ट्रिय सूचना आयोगमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढेको छ । पदाधिकारी नियुक्ति...

मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि छलफल सुुरु

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि सरोकारवालाहरूसँग छलफल सुरु गरेको छ...

महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न

काठमाडौं, २२ साउन । महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा...

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...