काठमाडौं, २८ जेठ । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ३३ वर्षीय श्यामभाइ परियार रहेका छन् । पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने बा.२ झ १८७८ नम्बरको गाडी वडा नम्बर १२ दुरीखेलमा पार्किङ गरेको अवस्थामा २० जेठ मध्यराति चोरी भएको थियो । गाडी हराएपछि खड्काले प्रहरीमा उजुरी दिएका थिए । खोजीको क्रममा उक्त गाडी २२ जेठमा ललितपुर महानगरपालिका-२८ हरिसिद्दि स्थित रिद्दिसिद्दिमा बेवारिसे अवस्थामा फेला परेको थियो।


