लाखौं मुद्रासहित मलेसिया जान लागेका २ बंगलादेशी नागरिक पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २८ जेठ । लाखौं  मुद्रासहित मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । ह्यान्ड क्यारी (झोला)मा लुकाएर लाखौं मुद्रा लैजान खोज्ने मोहम्मद अलि र जाकिर हुसैनलाई बिहीबार पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

उनीहरू बाटिका एयरको जहाजबाट मलेसियाको क्वाललमपुर जाँदै थिए। स्रोतका अनुसार मोहम्मद अली १० लाख नेपाली रुपैयाँसहित पक्राउ परेका थिए भने जाकिर हुसैन विभिन्न देशका मुद्रासहित पक्राउ परेका थिए। हुसैनसँग १२ लाख नेपाली रुपैयाँ, १ हजार अमेरिकी डलर र ३७ हजार मलेसियन रिंगेट रहेको प्रहरीले जानकारी दिएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

अदालतको लेटरप्याड र आधिकारिक दस्तखत किर्ते गर्ने पक्राउ

काठमाडौं, २९ जेठ । काठमाडौं जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत कीर्ते गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरणसम्बन्धी सूचना...

काभ्रेपलान्चोकको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना, ७ जनाको मृत्यु

काभ्रेपलान्चोक, २९ जेठ । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी ७...

बागमतीका ११ जिल्लामा ब्लड बैंक रेफ्रिजेरेटर वितरण

मकवानपुर, २९ जेठ । बागमती प्रदेश सरकारले प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर सुधार र सुरक्षित रगत भण्डारण क्षमतामा वृद्धि...

सूर्यविनायक-२ मा सार्वजनिक सुनुवाई सम्पन्न

भक्तपुर, २९ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा...