भक्तपुर मालपोतका तत्कालीन प्रमुख र कार्यालय सहयोगी भ्रष्टाचार मुद्दामा दोषी ठहर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २८ जेठ । घुससहित पक्राउ परेका भक्तपुर मालपोत कार्यालयका तत्कालीन प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनीहरूलाई जनही २ वर्ष कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। विशेष अदालतले एक साताअघि दोषी ठहर गरेको उक्त मुद्दामा बुधबार सजाय निर्धारण गर्दै दुवैलाई पीडित राहत कोषमा जनही ५९ हजार रुपैयाँ जम्मा गर्न पनि आदेश दिएको हो। <span;>अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चाँगुनारायणस्थित १४ रोपनी ४ आना जग्गाको मोही लगत कट्टाको काम गरिदिने भन्दै आचार्य र राउतले सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस मागेका थिए। आयोगको टोलीले उनीहरूलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो।

घटनापछि अख्तियारले २८ साउन २०८२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो।
यही मुद्दामा अदालतमा प्रतिकूल बकपत्र गरेको आरोपमा अभियोग लागेका तेजबहादुर तामाङ र सानुकान्छा तामाङलाई भने विशेष अदालतले सफाइ दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं, २१ साउन । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको...

बागमती एमालेमा नेतृत्व परिवर्तनको दबाब, किरण थापाको पक्षमा १९ सांसद

काठमाडौं, २० साउन । बागमती प्रदेश सरकार गठनको प्रक्रिया लम्बिँदै गएपछि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र नेतृत्व...

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक बहुमतले पारित

काठमाडौं, १९ साउन । राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने विधेयक राज्य...